मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
१९ असार २०८२, बिहीबार

बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक आधुनिक प्रविधिमा आधारित "ई-पालिका सेवा" सुरु गरेको छ। पालिकाले सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नयाँ नमुना प्रस्तुत गरेको छ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा सेवाग्राही प्रतीक्षालयको उद्घाटन गर्दै औपचारिक रूपमा ई-पालिकाको शुभारम्भ गर्नुभयो। अध्यक्ष शाहीका अनुसार बैजनाथ गाउँपालिका जिल्लामै पहिलो ई-पालिका भएको छ।

३७ लाखको लागतमा सेवा पूर्वाधार

ई-पालिका सञ्चालनका लागि पालिकाले करिब २० लाख रुपैयाँको लागतमा प्रतीक्षालय भवन र शौचालय निर्माण गरेको छ भने १७ लाख रुपैयाँ बराबरका आधुनिक उपकरण र मेसिन जडान गरेर सेवा सुरु गरेको हो। उक्त सेवा सर्वसाधारणका लागि खुला गरिएको छ।

टोकन प्रणाली र अनलाइन सिफारिस सेवा

नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले लामो लाइन बस्नुपर्ने छैन। टोकन प्रणालीमार्फत सेवा प्राप्त गर्न सकिन्छ। प्रतीक्षालयमा एसीसहितको सुविधा र सेवा सञ्चालनका लागि दुई जना कर्मचारी परिचालन गरिएको प्रशासन शाखा प्रमुख तप्तराज आचार्यले जानकारी दिनुभयो।

यसबाहेक, वडा कार्यालयहरूबाट प्राप्त हुने सबै सिफारिसहरू अनलाइनमार्फतै उपलब्ध हुने व्यवस्था गरिएको छ। यसले पालिकाको सेवा छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास गरिएको छ।

'हेलो अध्यक्ष' मार्फत निशुल्क गुनासो सेवा

ई-पालिकासँगै पालिकाले 'हेलो अध्यक्ष' नामक गुनासो सेवा पनि सुरु गरेको छ। यो सेवा प्रयोगकर्ताले निशुल्क टोल फ्री नम्बर मार्फत प्रयोग गर्न सक्नेछन्। नागरिकका गुनासा तत्काल व्यवस्थापन गरी समाधान गरिने अध्यक्ष शाहीले बताउनुभयो।

विशेष सहभागीता

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्य कमान सिंह सुनार, रुपा थापा, फरुदिन हलवाई, वडा अध्यक्ष देब बहादुर रावत, भूपाल पुन मगर लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

भविष्यका लागि नमुना सेवा

बैजनाथ गाउँपालिकाको यो सेवा अन्य पालिकाहरूका लागि समेत नमुना बन्ने विश्वास गरिएको छ। अध्यक्ष शाहीका अनुसार, आगामी दिनमा थप प्रविधिमैत्री सेवाहरू थप्ने योजनासमेत रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार