मुख्य समाचार
नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले |

काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

यूथ टुडे समाचारदाता 3401+ समाचार ( )
प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ ।
५ अशोज २०७९, बुधवार

काठमाडौं । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपील गरेको छ ।

 संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गर्नुभएको छ ।  

पत्रकारहरुको हक हित र अधिकारको लागि संस्थागत रुपले काम गर्ने उद्देश्यका साथ स्थापना भएको प्रेस काउन्सिल नेपालको पछिल्ला गतिविधिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकारिता क्षेत्रका विज्ञ, क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरुको योगदानको कदर एवं प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरुका सन्दर्भमा यस वर्ष काउन्सिलले गरेको निर्णय समावेशी सिद्धान्तलाई आत्मसात नगरी, स्थापित मापदण्डहरुलाई लत्याएर योग्य, सक्षम र क्रियाशील पत्रकारहरुभन्दा निकट सम्बन्धका व्यक्ति र संस्थाका नामहरु घोषणा गर्ने कार्य कुनै पनि अर्थमा जायज र वस्तुसंगत देखिदैन ।

सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको छ ।

प्रेस काउन्सिल नेपालको गरिमामय संस्थाको बदनाम हुने गरी गरिएका यस्ता गतिविधिप्रति हाम्रो संगठन समर्थन गर्न सक्दैन । तसर्थ संस्थाको वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमलाई प्रेस सेन्टर नेपाल बहिस्कार गर्दै सम्पूर्ण पत्रकार साथीहरुलाई उक्त कार्यक्रममा सहभागी नहुन हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार