मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

राप्तीसोनारीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ४ का कार्यवाहक अध्यक्ष मङ्गल थारुको अध्यक्षतामा वडा कार्यालय सभाहल बैजापुरमा मंगलबार सफलता पुर्वक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल बिशिस्ट अतिथी बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक/प्रशिक्षक कुशल दलामी प्रशिक्षक कबिन्द्र परियार वडा सचीव होम सुर्य के सी वडा सदस्य  नोमा बिक दलित महिला सदस्य,मदन थारु सदस्य र सोहनी थारु महिला सदस्य लगाएत सहभागीहरुको उपस्थिति रहेको थियो। राप्तीसोनारी-४ वडा कार्यालयको आर्थिक सहयोग एवं बैजनाथ राष्ट्रिय दैनिक कोहलपुरको समन्वय सहकार्यमा मंगलबार ५ दिने आधारभूत पत्रकारिता तालिम चैत २२ गतेदेखि २६ गते सम्म बैजापुरमा आयोजना गरिएको थियो।

 राप्तीसोनारी ४ का कार्यवाहक वडा अध्यक्ष मङ्गरे थारुले तालिमको अध्यक्षता गर्नुभएको थियो। साथै, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल प्रमुख अतिथि- जसले तालिम पश्चात् सहभागी युवा–युवतीहरूलाई राप्तीसोनारीको विकाससम्बन्धी सकारात्मक प्रचारप्रसारका लागि उत्प्रेरणा प्रदान गरि संचारमाध्यमहरुमा आबद्ध भए स्थानीय सरकारको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

तालिमको आयोजना स्थानीय आर्थिक सहयोग राप्तीसोनारी ४ वडा कार्यालय तथा बैजनाथ राष्ट्रिय दैनिकको सहकार्य र समन्वयमा आयोजना गरिएको थियो। पाँच दिनसम्म संचालन गरिएको कार्यक्रममा प्रशिक्षक कबिन्द्र परियार र कुशल दलामीले आधारभूत पत्रकारिताका विभिन्न आयामहरूमा सहभागीहरुलाई तालीम प्रदान गर्नुभएको हो। तालिममा कुल १० जना युवा–युवतीहरूले सहभागी रहेको थियो। सञ्चारका आधुनिक माध्यमहरू, लेखन कला, रिपोर्टिङ्ग, फोटो र भिडियो सम्पादन लगायतका विभिन्न पक्षहरूमा कार्यमूलक जानकारी प्राप्त गरे। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान सिपलाई आफ्ना पेशागत अभ्यासमा उतार्ने अपेक्षा प्रकट गरेका छन्।

बैजनाथ राष्ट्रिय दैनिकले तालिम लिएका इच्छुक पत्रकारलाई अवसर प्रदान गर्ने महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आम संचार माध्यमहरुमा जोडिदिने जानकारी प्रकाशक कुशल दलामीले सञ्चार माध्यममा सक्रिय र क्रियाशील पत्रकार बन्ने दिशामा युवा–युवतीहरूलाई प्रोत्साहन गर्दै तालिमका सकारात्मक पक्षहरूबारे चर्चा गर्नुभयो। राप्तीसोनारी प्रेस सेन्टरका अध्यक्ष ईश्वरी के.सी.ले सहजीकरण गर्नुभएको र युवाहरुको समाचार लेख्ने कला लाई प्रखर बनाउन बौद्धिकता थियो। ५ दिनसम्म संचालन तालिम सफलतापूर्वक सम्पन्न भएको पुष्टि गर्दै कार्यक्रमलाई उच्च मापदण्डको देखिएको बताएका थिए।

कार्यक्रमको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र प्रशिक्षक र ब्यवस्थापकलाई कदर पत्र सहित अतिथिहरुलाई प्रकाशक कुशल दलामीले मायाको चिनो सहभागीहरूले प्रदान गर्नुभएको थियो।सञ्चारमाध्यमका प्रतिनिधिहरूले आगामी दिनहरूमा यस्ता तालिम तथा कार्यशालाको निरन्तरता सुनिश्चित गर्ने बारे छलफल तथा योजना बनाइरहेका छन्। यस कार्यक्रमले स्थानीय पत्रकारिता र सञ्चार क्षेत्रमा युवाहरूको उत्साह र सक्रियता अभिवृद्धि भएको देखिन्छ र भविश्यमा आफ्ना अनुभवहरूलाई साझा गर्ने तथा सूचना प्रवाह सुदृढ गर्ने अवसर प्रदान गरेको कार्यक्रमका सहजकर्ता ईश्वरी के सी ले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार