मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

नरैनापुरका १३ सय विद्यार्थीहरुलाई अतिआवश्यक सामाग्री प्रदान

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

बाँके । अत्यधिक गर्मीको सामना गरिरहेका बाँकेको नरैनापुर गाँउपालिकाका विद्यार्थीहरुलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन गाँउपालिकाको समन्वयमा कतार च्यारिटीले अति आवश्यक सामाग्री सहयोग गरेको छ । 

यूके एड, स्टार्ट फन्ड नेपाल र कतार च्यारिटीको सहयोगमा तातो हावाको लहर ‘लु’ को जोखिममा रहेका नरैनापुर २ मा रहेको आर्दश माध्यमिक विद्यालय र जमुनी माध्यमिक विद्यालयका १३ सय विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच नरैनापुर गाँउपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाह र च्यारिटीका डाइरेक्टर इरसाद शेखले विद्यार्थीहरुलाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको लागि वाटर कुलर प्रदान गर्नु भएको थियो । 

कतार च्यारिटीका डाइरेक्टर शेखले भन्नुभयो,“गर्मीयाम मानव शरीरका लागि घातक समय हो । गर्मीले शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसनको समस्या देखिन्छ । शरीरमा रहेको अम्ल, नुनको मात्रा लगायत तत्वहरू समेत पसिनाको माध्यमबाट निस्कने भएकाले असहज हुन्छ । पानीको मात्रा कम हुँदा मिर्गाैला, फोक्सो, छाला, आँखा लगायत अंगमा असर पुग्छ । सुगरको समस्या भएको मान्छेमा मिर्गाैला बिग्रिने डर हुन्छ । अत्यधिक तापक्रमले हिट स्ट्रोक हुने, बेहोश हुने, छाला सुक्खा हुने, चिलाउने समस्या बढ्छ । गर्मी छल्न कोल्डड्रिंक्स, सोडाजस्ता पेयपदार्थ लिने गरेको देखिन्छ । तर त्यसले पनि नोक्सान नै गर्छ । अत्यधिक गर्मीबाट बच्नका लागि सबैले प्रयोग गर्नसक्ने भनेको शुद्ध पानी नै हो । आधा–आधा घन्टामा शुुद्ध पानी पिएर मात्रै शरीरलाई सन्तुलनमा राख्न सकिने भएकोले विद्यालयलाई वाटर कुलर प्रदान गरिएको बताउनु भयो ।” उहाँले भन्नुभयो, तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन बाँके, बर्दिया र कैलालीका ६ हजार विद्यार्थीहरुलाई अतिआवश्यक सामाग्री वितरण गरिने योजना रहेको बताउनु भयो ।  

नरैनापुरका अध्यक्ष शाहले कतार च्यारिटीले विद्यार्थीहरुलाई प्रदान गरेको छाता सहित अति आवश्यक सामाग्री र विद्यालयका लागि दुई वटा वाटर कुलर, पंखाले बढ्दो गर्मीको सामना गर्न सहज हुने बताउदै नरैनापुरको शैक्षिक स्तर माथि उठाउनका लागि दाताहरुको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । 

यस्तै अत्यधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगाउन नरैनापुरका अति विपन्न र जोखिममा रहेका १२५ परिवारलाई खाद्यान्न सहयोग, छाता, गम्छा, झुल, चप्पल हस्तान्त्रण गरेको कतार च्यारिटीले जनाएको छ । 

बाँकेका अधिकाश विद्यालयले अत्याधिक गर्मी भन्दै विद्यालय बन्द गरे पनि नरैनापुरले भने विद्यालय बन्द नगरी विहानको समयमा कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार