मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

मन्त्री राईले गरे निःशुल्क रगत वितरणको शुभारम्भ

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
मन्त्री राईले रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भवन निर्माणका लागि आफुले प्रक्रिया अगाडी बढाइसकेको बताए ।
१९ भाद्र २०७९, आइतबार
बाँके ।  नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको छ । रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग खरिद वापत बिरामीसँग केही शुल्क लिने गरेको थियो । बिरामीलाई आइतबारदेखी रगत निःशुल्क वितरण गरिएको हो ।
रेडक्रस रक्तसञ्चार केन्द्र नेपालगन्जमा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भवन निर्माणका लागि आफुले प्रक्रिया अगाडी बढाइसकेको बताए ।

‘भेरी अस्पतालको दुई वटा सुविधा सम्पन्न भवन बन्दै गर्दा रक्तसञ्चार सेवा जीर्ण भवनबाट दिनु राम्रो कुरा होईन, त्यसकारण रक्तसञ्चार केन्द्रको भवन पनि सुविधा सम्पन्न निर्माण गर्र्न मैले बजेटको ब्यवस्थापन गरिसकेको छु,’ उनले भने । विकासमा राजनीति नगर्न मन्त्री राईले सबैलाई आग्रह गरे । बाँके क्षेत्र नम्बर २ को सांसद र नेपाल सरकारको मन्त्री भएको हैसियतले यहाँको विकास गर्ने आफ्नो दायित्व पनि भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्धिन राईले रेडक्रसले सुरु गरेको निःशुल्क रगत वितरण कार्यले गरिब तथा असहाय बिरामीलाई राहत मिल्ने बताए । रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री र भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रेडक्रसले सुरु गरेको काम राम्रो भएको बताए ।

उक्त कार्यक्रम रेडक्रस बाँकेका सभापति गोवद्र्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश सरकारसँगको सम्झौता अनुसार रेडक्रसले बिरामीलाई निःशुल्क रगत वितरण सुरु गरेको हो । यसका लागि लुम्बिनी प्रदेश सरकारले रेडक्रसलाई आवश्यक बजेट ब्यवस्थापन गरिदिएको रेडक्रस बाँकेले जनाएको छ । 
कार्यक्रममा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाई, रेडक्रसका पुर्व केन्द्रिय उपाध्यक्षद्धय अजितकुमार शर्मा र सनत रेग्मी, राजकुमार वर्मा, रेडक्रस बाँकेका पदाधिकारी, रेडक्रस अभियन्ता दुखिराम लोनिया, राकेशकुमार श्रीवास्तव, वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्द रेग्मी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार