मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

नेपालगञ्ज । पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण कार्य तोकिएको समयअघि नै सम्पन्न भएको छ । अब केही दिनमै उक्त भवन नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई औपचारिक रूपमा हस्तान्तरण गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज सम्पन्न भवनको निरीक्षण गर्दै यसलाई चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि गुणस्तरीय ढङ्गले निर्माण भएको यो भवनले रोजगारी वृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

काठमाडौँपछिको दोस्रो ठूलो विमानस्थलको रूपमा रहेका नेपालगञ्ज विमानस्थलबाट भारतका प्रमुख सहर दिल्ली र लखनउका लागि उडान सुरु गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । “यो टर्मिनल भवन अन्तर्राष्ट्रिय उडानका लागि पनि उपयुक्त छ,” अधिकारीले भने, “नेपाल र भारतबीच यस सम्बन्धी छलफल जारी छ ।”

धनी मुलुकका पर्यटकले नेपालका विमानस्थल हेरेर ‘गरिब देशमा आएको’ अनुभूति गर्ने अवस्था अब समाप्त हुने उनले बताए । “अहिलेको टर्मिनल भवन अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएकाले नेपालको विमानन क्षेत्रको छवि सुधार हुनेछ,” उनले भने ।

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाका अनुसार करिब डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको हो । कुल लागत रु २ अर्ब ९८ करोड रहेको यस भवनको काम अत्यन्त सन्तोषजनक रूपमा सम्पन्न भएको उनले बताए ।

शर्मा एण्ड कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रमेश शर्माले निर्धारित म्यादभन्दा दुई महिना अघि निर्माण सम्पन्न भएको बताए । “नेपालमा समयमा काम सकिँदैन भन्ने भनाइलाई यस आयोजनाले गलत सावित गरेको छ,” उनले भने ।

भवनमा अत्याधुनिक प्रविधि र सुविधा समेटिएका छन् । ‘पिक आवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सकिने गरी निर्माण गरिएको टर्मिनल भवन विसं २०७९ पुसदेखि निर्माण सुरु गरिएको थियो । सेमी बेसमेन्टसहित तीनतले यो भवन ५ हजार ७५ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ ।

भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष ३, बच्चाहरूका लागि खेल क्षेत्र, भन्सार तथा क्वारेन्टिन चेकजाँचका अलग कक्षहरू छन् । साथै परिसरमा बगैँचा, पाँचदेखि १४ मिटर फराकिलो बाटो, ढल र पानी निकासका लागि अत्याधुनिक नाला प्रणालीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार