मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

एसइईमा अनुत्तिर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको मौका

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
१८ असार २०८१, शुक्रबार

काटमाठौँ । विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुत्तिर्ण सबै परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस बारेमा निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका अनुसार दुईभन्दा बढी विषयमा एनजी आएका परीक्षार्थीलाई पनि ग्रेडवृद्धि परीक्षामा बस्न पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ । 

हाल कार्यान्वयनमा रहेको अक्षराङ्क (लेटर ग्रेडिङ) निर्देशिका अनुसार अधिकतम दुई विषयमा अनुत्तिर्ण अर्थात एनजी (नन ग्रेडेड) आएका परीक्षार्थीले मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । 

मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिइसकेको छ ।  

साथै,  ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने विद्यार्थीलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता  केशवप्रसाद दाहालले जानकारी दिनुभयो । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको थियो । नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी) मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार