मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

गुल्मीमा पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१५ असार २०८१, शनिबार

गुल्मी । गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–६ कंडेलपाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिनुभयो ।  

पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अविरल वर्षा भएको थियो । 

उनीहरूलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रतिनिधि र रेडक्रसको टोली घटना स्थलमा पुगेका छन् । 

घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो । 

पहिरोमा थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राम कुमार केसीको कमाण्डमा १५ जनाको टोली र रामवाण गुल्म तम्घास गुल्मीबाट उप.सेनानी मिन बहादुर साहीको कमाण्डमा २२ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार