मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


बाँके क्षेत्र नं ३ (क) मा गठबन्धनको अधिकारीक उम्मेदवार खरेल नै हुन: गठबन्धन शिर्ष नेता

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
माओवादीको गैर जिम्मेवार एक समूहले आधिकारिक उम्मेदवारी घोषणा गर्दै आएको थियो ।
१४ कार्तिक २०७९, सोमबार

नेपालगन्ज । मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर ३(१) मा देखिएको आधिकारिक उम्मेदवारका बारेमा देखिएको बिबादको अन्त्य भएको छ । कार्तिक ११ गते सत्ता गठबन्धनका शिर्ष नेताले जारी गरेको एक प्रेस बिज्ञप्ति मार्फत गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारका बारेमा भएको बिबादको टुङ्गो लागेको हो ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित जारी प्रेस बिज्ञप्तिमा गठबन्धनका तर्फबाट आधिकारिक साझा उम्मेदवार माओवादीका ईन्द्र प्रसाद खरेल (आईपी) रहेको जनाइएको छ ।

उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका तत्कालीन एकीकृत समाजबादीका नेता दलबहादुर सुनारलाई खजुरा र बैजनाथ गाउँपालिकाका माओवादीका केही स्थानीय नेता तथा कार्यकर्ताले साथ दिएपछि आइपी खरेलको उम्मेदवारीका बारेमा विभिन्न चर्चा परिचर्चा हुने गरेको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनार केही समय पहिले माओवादीमा प्रवेश गरेपछि आधिकारिक उम्मेदवारका बारेमा झन बिबाद बढेको थियो । खजुरा र बैजनाथका माओवादीका केही स्थानीय नेता तथा कार्यकर्ताले दलबहादुरलाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार भनेर प्रचारबाजी गरेपछि मात्र सत्ता गठबन्धनका शिर्षस्थ नेताको ध्यान खिचेको थियो । अझैपनि उक्त क्षेत्रमा माओवादीबिच सम्बन्ध सुधार भएको देखिदैन ।

यसै विषयलाई लिएर माओवादी केन्द्र बाँके स्पष्ट रुपमा दुई धारमा विभाजित भएको देखिएको थियो । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं. ३ (१) मा उम्मेदवारीका विषयमा पार्टीका नेताहरुले दुई धारमा सार्वजनिक वक्तव्य बाजी गरेका थिए । पार्टीको क्षेत्र नं.३ (क) को लेटर प्याडमा यही ६ गते चलानी नं. ६ उल्लेख गरी जारी गरिएको एक प्रेस विज्ञप्ती मार्फत स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनाइएको भनि जानकारी दिइएको थियो । सो विज्ञप्तीमा माओवादी पार्टीका निर्वाचन क्षेत्र नम्बर ३(१) का संयोजक दिपेन्द्र शाह ‘युगान्त’, सचिब महेन्द्रबहादुर शाही, बैजनाथ गाउँपालिका अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार वि.क.ले संयुक्त रुपमा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा सुनार आधिकारीक उम्मेदवार भएको जनाइएको थियो ।

सोही बिषयमा बाँके जिल्लामा रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरु पुर्णा कुमारी सुवेदी, महेश्वर गहतराज ‘अथक’, पार्वती पुन ‘उषा’, कृष्णा केसी ‘नमुना’, नरेन्द्र न्यौपाने, अन्जना चौधरी ‘अर्पणा’, आइपी खरेल र अशोक रोकाय (केन्द्रीय अनुशासन आयोगका सचिव) सहितको बैठकले सो निर्णय पार्टीको निर्णय भन्दा बाहिर भएको निष्कर्ष निकालेको आइपी खरेलले बताएका थिए ।

नेकपा (माओवादी केन्द्र)ले बाम लोकतान्त्रिकको साझा उम्मेदवारको रुपमा इन्द्रप्रसाद खरेल(आइपी)को उम्मेदवारी दर्ता गराएका थिए । तर तत्कालीन नेकपा (एकिकृत समाजबादी)का पोलिटव्यूरो सदस्य समेत रहेका स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुनारलाई नेकपा (माओवादी केन्द्र)मा प्रवेश गराएसँगै उनलाई माओवादीको एक समूहले आधिकारिक उम्मेदवार घोषणा गर्दै आएको थियो ।

गठबन्धनको शिर्षस्थ नेतृत्व तहबाट साझा आधिकारिक उम्मेदवार ईन्द्र प्रसाद खरेल (आइपी) नै भएको जानकारी सहितको प्रेस बिज्ञप्ति नै आइसकेपछि उक्त निर्वाचन क्षेत्रमा अहिले खरेलको पक्षमा जनलहर बढेको र स्थानीय कार्यकर्ता पनि उनलाई जिताउनका लागि उत्साहित भएर लागेको विद्यार्थी नेता तुल्सिमणी केसीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार