मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

सिया मुस्लिमको अन्तराष्ट्रिय सेमिनार नेपालगञ्जमा सम्पन्न

महमूद आलम खान 1132+ समाचार ( )
सेमिनारलाई "लेडी फातिमा (स.ए.), मानव पूर्णताको पराकाष्ठा" नाम दिए पनि कार्यक्रम नेपालका भन्दा तेस्रो मुलुकका व्यक्तिहरु वक्ताका रुपमा रहनु भएको थियो ।
१७ पौष २०७८, शनिबार

बाँके । विश्व इस्लामिक सेन्टर महासंघ नेपालले नेपालमा पहिलो पटक नेपालमा दर्ता नरहेको नेपाल मुस्लिम महिला समाज बाँके नामक संस्थाको आयोजनामा लेडी फातिमा जाहरा (स.) र महिलाहरुको सवालमा अन्तर्राष्ट्रिय अन्तरविश्वास सेमिनार नेपालगञ्जमा सम्पन्न गरेको छ । 

महिलाले आयोजना गरेको कार्यक्रममा एक जना महिलालाई मात्र मन्च राखिएको थियो भने बाँकी पुरुषहरु मात्र रहेका थिए । 

सेमिनारलाई "लेडी फातिमा (स.ए.), मानव पूर्णताको पराकाष्ठा" नाम दिए पनि कार्यक्रम नेपालका भन्दा भारतका साथै तेस्रो मुलुकका व्यक्तिहरु वक्ताका रुपमा रहनु भएको थियो । 

कार्यक्रममा हिन्दू धर्मका प्रतिष्ठित विद्वान योगी चन्द्रनाथ योगी महाराज, सिख विद्वान ग्रन्थी सोहन सिंह, मौलाना डा. मेहदी मुसावी कोम्मी र मौलाना डा मिर्जा यासुबले धारणा राख्नु भएको थियो । हिन्दू गुरु योगीले महिलालाई सबै धर्मले सम्मान गरेको धारणा राख्नु भएको थियो भने इरान लगायतका मुलुकबाट आएका वक्ताहरुले सिया समुदाय नेपालको जमिनमा प्रवेश गरि सकेकोले महिलाहरुलाई पर्दामा रहेर पुरुष सरह काम गर्न आग्रह गर्नु भयो । 

डा. मेहदी मुसावी कोम्मीले लामो समय देखि नेपालमा काम गर्न चाहे पनि केहि प्राबिधिक समस्याका कारण काम गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो अब नेपालमा काम गर्ने बाटो खुलि सकेकोले इरान लगायतका मुलुकहरुको भ्रमण गर्न चाहने व्यक्तिहरुलाई आफुले भ्रमण गराउने बताउनुभयो । साथै उहाँले आफ्नो देश घुम्नका लागि खुल्ला निम्तो गर्नु भएको थियो । उहाले नेपालमा काम गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा मौलाना मन्सुर अहमद अर्फी, मौलाना कलीम अहमद अरफी र हाफिज शाकिर अली अर्फी, कारी सगीर अहमद खान, भारतका प्रतिष्ठित विद्वान अल-हज मौलाना डा जैनुल अबेदिन, हाजी अब्दुल हमिद सिद्दीकी, साहेदा शाह, भारतीय प्रसिद्ध कविहरू फैज कौसारी महमुदाबादी, शुजा उट्रोलवी, कासिम गोन्डवी, अशरफ उट्रोलवी, हैदर गोन्डवी, अश्फाक रसूल हाश्मी, हाजी मेराज अहमद हिमालय, हाजी मोहम्मद कादिर अन्सारी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी एक जना बरेलबी मौलानाले भन्नु भयो सिया समुदायले नेपालगञ्जमा आफ्नो पकड बनाउनका लागि उक्त कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले भन्नुभयो, आफुलाई बरेलबी बताउने व्यक्तिहरु नै उक्त कार्यक्रमको आयोजक भएको देख्दा चकित भएको बताउँदै उहाँले भन्नुभयो सिया समुदायले नेपालगञ्जमा आफ्नो बर्चस्व कायम गर्न खोजे सुन्नी र सिया बिच ठुलो झडप हुन सक्ने आशंका व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै