मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

गाँउमा पुगेर एकता र सदभावको सन्देश दिदै पूर्व मन्त्री राई

महमूद आलम खान 1132+ समाचार ( )
बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए
२० कार्तिक २०७८, शनिबार

नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ ।

बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए ।

श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो ।

उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो ।

प्रवचन कार्यक्रममा आफुलाई प्रमुख अतिथि बनाईएकोमा उहाँले आयोजकप्रति आभार समेत व्यक्त गर्नुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईको पनि उपस्थिति रहेको थियो ।

यसैविच पुर्वमन्त्री राई लगायत जिल्लाका विभिन्न जनप्रतिनिधी र अन्य व्यक्तित्वहरुले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट तिहार, भाईटीका र दिपावलीको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालका कारण शुभकामना आदान प्रदान निकै सहज बनेको जनता समाजवादी पार्टीका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार