मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

बर्दियामा जनमतको प्रशिक्षण सम्पन्न, गाउँ वस्तीमा जनमतको जनलहर

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

बाँके । देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताउनु भयो । बर्दियाको गुलरीयामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले गणतन्त्रलाई सुधार गर्नका लागि ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गरेको जिकिर गर्नु भयो ।

देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको उल्लेख गर्दै उहाँले ‘दोस्रो गणतन्त्र’ र ‘सामाजिक लोकतन्त्र’का लागि यूवालाई तयार अपिल गर्नु भयो ।

देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित संवैधानिक निकायहरू, संस्थानहरू सबै राजनैतिक पार्टीहरूका राजनैतिक नियुक्ति र सौदाबाजीका स्थल बन्न पुगे बताउदै अध्यक्ष राउतले संबैधानिक नियुक्तिहरु ज्ननिर्वाचत हुने व्यवस्था गरे मात्रमा सुधार हुने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति, पूर्व खानेपानी मन्त्री एंव जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुद खानले देशमा आज चारैतिर असन्तोष छ, निराशा छ, आक्रोश छ । आन्दोलनका लागि जनता विभिन्न स्वरूपमा अग्रसर नै देखिन्छन् तर आन्दोलन किन भइरहेको छैन वा भए पनि सफल किन हुन सकिरहेको छैन ? यो तथ्य मनन गर्नु आवश्यक रहेको औल्याउनु भयो ।

उहाँले नेपालका जनताले धेरै कम समयमा राजतन्त्र, राणातन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र र संघीयतासम्म भोग्न भ्याइसके बताउँदै खानले विश्वकै उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आए पनि जनतामा अन्योल रहको जिकिर गर्नु भयो ।

केही समूह वा शक्तिले धर्मको आडमा पनि वर्तमान व्यवस्थाप्रतिको असन्तोषलाई आन्दोलनको स्वरूप दिन चाहेको उल्लेख गर्दै उहाँले धर्मको मुद्दालाई उनीहरूले गौण मुद्दा, आफूलाई रोजगारी र आर्थिक समृद्धि दिन नसक्ने, विदेश पलायनबाट रोक्न नसक्ने, राम्रो शिक्षा र स्वास्थ्य दिन नसक्ने विषयका रूपमा राम्ररी बुझेका छन्। त्यसैले केही समूहले विभिन्न हतकन्डा अपनाएर धर्मलाई आधार बनाउन खोजे पनि त्यो सफल हुन नदिने प्रतिबद्धता गर्नू भयो ।

कार्यक्रमको बोल्दै जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष इन्जिनियर दिपक शाह, राष्ट्रिय परिषद अध्यक्ष जयकान्त राउत, जनमतका राष्ट्रिय सचिव राधा यादव लगायतले बोल्नु भएको थियो । भने कार्यक्रमको संचालन जनमत पार्टीका बर्दिया प्रवक्ता रामदुलारे सोनकरले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार