बाँके । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ ।
मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा नरैनापुर गाउँपालिकाले मनाएको छ ।
नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रम गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि भएको बताउदै संविधान दिवसको शुभकामना व्यक्त गरे । उनले मौलिक हकका महत्वपूर्ण कानूनहरु बन्दैछन्, परिस्थिति पहिलेभन्दा परिवर्तन भएको छ त्यो भएर सबै जना मिलेर अगाडि बढ्न जरुरी रहेको जिकिर गरे ।
अध्यक्ष शाहले स्थानीय सरकारको नेतृत्व गरेको हैसियतले नागरिकको मौलिक हक कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।