मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मन्त्री राजकुमार गुप्ताको घुस प्रकरण:
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई बर्खास्त गर्ने तयारीमा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेका छन् ।
२९ असार २०८२, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेका छन् ।

घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्रीको सचिवालयले बुझेर विफ्रङ गरिसकेकाले उनलाई पदबाट बर्खास्त गर्ने स्रोतको दाबी छ । यद्यपि प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले प्रधानमन्त्री काठमाडौं फर्केपछि घुस प्रकरणबारे बुझ्ने काम हुने बताए । ‘प्रधामन्त्रीज्यू काठमाडौंबाहिर हुनुहुन्छ, आएपछि बुझ्नु हुन्छ, अहिले सोसल मिडियामा अडियो आयो यसबारेमा बुझ्नपर्छ, मन्त्रीसँग पनि कुराकानी हुन्छ त्यसपछि मात्रै के गर्ने थाह हुन्छ’, प्रेस विज्ञ बजगाईँले भने ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्रीको सचिवालयले गम्भीर रहेको जानएको छ । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार मन्त्रालय अन्तर्गतको मालपोत अधिकृतको सरूवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री गुप्ता घुस प्रकरणमा मुछिएका हुन्।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएपछि उनले घुस डिल गरेको अडियो सार्वजनिक भएको हो । यो विषयमा कुरा गर्दै संघीय मामिला मन्त्री गुप्ताले आफूलाई कुनै पनि जानकारी नभएको र आफ्नो चरित्र हत्या गरेको बताएका छन् । उनले मालपोत कार्यालय भूमिसुधार मन्त्रालयको भएको दाबी गर्दै यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्ष छानबिन गरिदिन आग्रह गरेको बताए ।

‘घुसको डिल गर्ने को मान्छे हो म चिन्दिन मालपोत मेरो मन्त्रालयमा पर्दैन, मैले आफ्नै जिल्लामा आफ्नै पार्टीको मान्छेलाई भूमि आयोगमा नियुक्त गर्न सकिन, यो अडियो मेरो होइन,’ उनले भने ।

मन्त्री गुप्ताको अडियोमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि मुछेका छन् । तर मन्त्री अधिकारीले यो विषयलाई ठाडै अस्वीकार गर्दै आफूलाई कुनै पनि जानकारी नभएको बताए । पारिवारिक काममा भारत रहेका भूमि व्यवस्था मन्त्री अधिकारीले यो विषय आफूलाई जानकारी नभएको र मन्त्रीले गुप्ताले के भनेका हुन भन्ने बारेमा आफूलाई थाह नभएको बताए ।

‘कसले कसले के भन्छन्, विना आधार किन आरोप लगाउँछन् र यो सामान्य प्रशासन मन्त्रीले के भन्नु भएको हो भन्ने पनि जानकारी छैन,’ मन्त्री अधिकारीले भने । अख्तियारमा अडिओसहितको उजुरी परेपछि छानबिन सुरु गरिसकेको छ । अख्तियारमा भने असार १० गते नै उजुरी परेको थियो। सो उजुरीको आधारमा अनुसन्धान प्रकृया अघि बढाएको हो। करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको गरिरहेको सुनिएको छ । कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको विषयमा घुस डिल भइरहेको अडियोमा सुनिन्छ ।

मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको उजुरी पर्नुका साथै केही रकम डिल भइरहेको पनि अडियोमा सुनिएको छ।‘खेम पुनका लागि के । २० बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू’, बिचौलियाको आवाज अडियोमा सुनिएको छ। प्राप्त अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको बुझिन्छ। संवाद भएकै दिन १५ लाख र भोलिपल्ट थप १० दिने अडियोमा सुनिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार