मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि मतदान सुरु

महमूद आलम खान 1132+ समाचार ( )
बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।
११ माघ २०७८, मङ्गलबार

काठमाडौं । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बिहान ९ बजे मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।

जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यसँगै स्थानीय तहका प्रमुखरउपप्रमुखले भाग लिन पाउँछन् ।

राष्ट्रिय सभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपा प्रदेश १ बाहेकमा मतदान नगर्ने भएको छ । निर्वाचन आयोगले मतदान आजै मतगणना गरेर मतपरीणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले मध्यरातिसम्म मतपरीणाम आइसक्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार