मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

माओबादी केन्द्रको नेपालगंज १० मा घरदैलो, पुन बने जनताको प्रिय

महमूद आलम खान 1132+ समाचार ( )
स्थानीय सरकारले काम नगरेको आरोप लगाउदै अबको निर्वाचनमा राष्टसेवक भएर काम गरी सकेका पुनलाई जिताउने बताए
२२ वैशाख २०७९, बिहीबार

बाँके । नेपालगन्ज १० मा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार धनबहादुर पुनले आफ्नो वडालाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चुनावी प्रचारप्रसारको क्रममा आफ्नो वडाका जनता संग सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

उत्साहजनक घरदैलो अभियानमा जुटेका नेता कार्यकर्ताले अध्यक्षका उम्मेदवार पुनलाई साथ दिएका छन् । घरदैलो अभियानमा जनताले यसपटक माओवादी केन्द्र तर्फका उम्मेदवार पुनलाई नै मतदान गर्ने आश्वासन पाएको माओवादी केन्द्र बाँके जिल्ला समन्वय समिति सदस्य जया खड्काले बताउनु भयो । त्यस्तै प्रचारप्रसार, घरदैलोमा पाका बौद्धिक व्यक्तिको साथ रहेको पनि नेता खड्काले बताउनु भयो । जनताले यसपटक आफूहरुलाई साथ दिनेमा ढुक्क रहेको इन्चार्ज चन्द्र श्रेष्ठले बताउनु भयो ।

स्थानीय दिपेन्द्र विश्वकर्माले नेताहरुले निर्वाचनको समयमा आश्वासन र सपना मात्रै देखाउने र निर्वाचन जितेपछि पुरा नगर्ने गरेको दुःखेसो पोख्नुभयो । “हिजो पनि यो गर्छौं, यो सुविधा दिन्छाँै भनेर मत मागे, जितेर गएपछि खै हाम्रो लागि काम गरेको ?”, उहाँले प्रश्न गर्नुभयो । सडक र भवन बनाउनेबाहेक जनताको दैनिकीमा आएका समस्यामा स्थानीय सरकारले काम नगरेको आरोप लगाउदै अबको निर्वाचनमा राष्टसेवक भएर काम गरी सकेका पुनलाई जिताउने बताए । पुनले सार्वजानिक गरेका प्रतिबद्धता जनता मैत्री रहेको मतदाताहरुले समेत पुनलाई साथ दिने विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार