मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

पूर्वसभामुख महरा पक्राउ

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ। उनलाई भन्सार ऐन, २०६४ र सङ्गठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार महरालाई २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका दुई जना चिनियाँ नागरिकसँग सम्बन्धित सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।

उक्त दिन ती नागरिकले दुईवटा सुटकेसमा ७३ बट्टामा प्याक गरिएको ७३० थान भेप नेपाल भित्र्याएका थिए। सो क्रममा भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्कासहितको जिम्मामा रहेको ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध रूपमा बेचबिखन गरी आपराधिक लाभ लिएको प्रमाण भेटिएको सीआईबीले जनाएको छ।

अनुसन्धान अनुसार, यो सुन बिक्रीबाट प्राप्त रकम आपराधिक समूहमार्फत लाभ उठाइएको र त्यसमा पूर्वसभामुख महराको संलग्नता रहेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको बताइएको छ। सीआईबीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार