मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


जानकी गाउँपालिकाले बाँड्यो आठ सय न्यानो कम्बल

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

बाँके । पुसको सुरुवातसँगै बाँकेका बस्तीहरू बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिन थालेका छन् । घाम नलाग्ने दिनहरू, चिसो हावाको सिरेटो र रात–बिहान बढ्दो जाडोले गरिब, वृद्ध, अपाङ्ग तथा असहाय नागरिकको दैनिकी झन् कष्टकर बनेको छ । यही कठिन समयलाई ध्यानमा राख्दै बाँकेको जानकी गाउँपालिकाले चिसोबाट जोगाउने उद्देश्यसहित न्यानोपनको सहारा बनेको कार्यक्रम अघि सारेको छ ।

गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा मार्फत आज शुक्रबार करिब आठ सय थान न्यानो कम्बल वितरण गरिएको छ । पुस लाग्नासाथ जाडो असामान्य रूपमा बढेपछि जोखिममा परेका नागरिकलाई तत्काल राहत पु¥याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जिन्सी शाखा प्रमुख राजु यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यो वितरण सामान्य सहयोग मात्र नभई चिसोबाट ज्यान जोगाउने उपायका रूपमा लिइएको हो ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले यस वर्ष जाडो चाँडै र तीव्र रूपमा बढेकाले ६५ वर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको बताउनुभयो । कम्बल वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खाँले स्थानीय सरकारले नागरिकको दुःख–सुखमा साथ दिनु नै जनप्रतिनिधिको धर्म भएको उल्लेख गर्नुभयो । “चिसोले कसैको जीवन जोखिममा नपरोस् भन्ने हाम्रो चाहना हो,” उहाँको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाहले जाडो बढेको वर्तमान अवस्थामा यस्ता वितरणमुखी कार्यक्रम अझ प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिनुभयो । उहाँले केवल कम्बलमै सीमित नभई बिहान खानाको व्यवस्था नहुने नागरिकको पहिचान गरी खाना र न्यानो कपडा समेत उपलब्ध गराउन सके मानवीय पक्ष अझ सशक्त हुने धारणा राख्नुभयो । गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिएको यो सहयोगले उनीहरूको अनुहारमा मुस्कान ल्याएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको सुन्दर पक्ष यही भएको औँल्याउनुभयो ।

वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले चिसोको मारमा परेका नागरिकलाई राहत दिनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । सूचना प्रविधि अधिकृत विकास जिसीले पारदर्शी ढंगले वास्तविक लाभग्राहीको पहिचान गरी सहयोग वितरण गरिएको जानकारी दिनुभयो ।

कम्बल हातमा लिएर घर फर्किँदै गर्दा मानपुरकी वृद्धा सुदारा कुम्हारीनको आँखामा राहत झल्किन्थ्यो । “यो जाडोमा कम्बलले धेरै सहारा भयो,” उहाँको साधारण भनाइले कार्यक्रमको महत्व बोलिरहेको थियो । शिवशंकरले पनि कम्बल वितरणले आफूजस्ता गरिबलाई ठूलो राहत पुगेको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो । अर्का वृद्ध दुखीरामले जाडोमा न्यानो कपडा नहुँदा भोग्नुपरेको पीडा स्मरण गर्दै अहिले पाएको सहयोगले रात काट्न सजिलो हुने बताउनुभयो । 

वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र बजपाईले शीतलहरबाट जोगिन गाउँपालिकाले रणनीतिक रूपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वडाका स्वास्थ्य चौकी, प्रहरी चौकी, सार्वजनिक स्थल लगायत महत्वपूर्ण स्थानमा दाउरा वितरण गर्नसमेत सुरु गरिएको छ, ताकि सेवामा खटिने र आवत–जावत गर्ने नागरिकले चिसोको सामना गर्न सकोस् ।

शीतलहरले कठोर बनेको यो मौसममा जानकी गाउँपालिकाले सुरु गरेको कम्बल वितरण कार्यक्रम केवल राहतको माध्यम मात्र होइन, स्थानीय सरकार नागरिकप्रति कति संवेदनशील छ भन्ने उदाहरण पनि बनेको छ । जाडोको कठोरताबीच न्यानोपन बाँड्ने यस्ता प्रयासले असहाय नागरिकको जीवनमा केही सहजता थपेको छ । कम्बल बितरण कार्यक्रममा कार्यपालिका सदस्य राम अचल धोबी, प्रशासकिय अधिकृत एंव सूचना अधिकारी शोभा पौडेल, गाँउपालिका अध्यक्षका प्रमुख स्वकीय सचिव सोराभ अलि इद्रीसी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार