मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

बाँके । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा सम्पन्न भएको छ ।

भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिस्ट्रिक्ट मजिस्ट्रेट कृतिका शर्माको निमन्त्रणमा बाँके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखहरूको एक दिने समकक्षी समन्वय बैठक सम्पन्न भएको छ ।

लोकसभा निर्वाचनमा दुवै देशका सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बैठकमा छलफल भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बताउनुभयो ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा संयुक्त निगरानी गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने, संयुक्त गस्ती पेट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सोझो सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक राम बहादुर केसीले जानकारी दिनुभयो ।

२५ मेका दिनमा सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाडिबाट दुवै देशका सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण तथा उपभोगमा रोक लगाउने लगायतका विषयमा छलफल गरी कार्यान्वयन गर्ने सहमति भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

सीमा नाका बन्दको समयमा अत्यावश्यक सेवाका दमकल, शव वाहन, एम्बुलेन्स लगायतका सवारी साधन भने नरोकिने सहमति भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । साभार ः रेडियो नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार