मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


बाँके जिल्ला पुर्ण खोप घोषणा, नरैनापुर पनि सम्मानित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज बिहिबार जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो ।
१४ असार २०८०, बिहीबार

नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज बिहिबार जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । 

जिल्लाका आठ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

खोपै नलगाएका २ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । माघदेखि घरधुरी सर्वेक्षण सुरुवात भई खोज र खोप अभियान संचालन गरिएको थियो । 

डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलाई ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । बाँके २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको बताउनुभयो । 

मन्त्री खनालले खोपको सुरुवातसंगै महामारी रोग नियन्त्रणमा रहेको बताउनुभयो । कुनै बेला महामारीकै कारण मानिसहरुको ज्यान जाने गरेका घटनाहरु सुन्दै आइएको स्मरण गर्दै उहाँले अहिले खोपको प्रभावकारितासंगै त्यसयता महामारीका रोग नियन्त्रणमा रहेको बताउनुभयो । अहिले नसर्ने रोगको महामारी देखिएको छ । यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको छु उहाँले भन्नुभयो प्रदेश सरकारले सीमित स्रोत साधनका बीच पनि नसर्ने रोग नियन्त्रणमा बजेटको ब्यबस्था गरेको छ ।

उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरेको बताउनुभयो । उहाँले निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने उल्लेख गर्नुभयो। 

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले कुनै पनि बालबालिका खोपबाट वंचित नहोस् भन्ने सवालमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले तोकेका खोपहरु लक्षित बालबालिका सबैले पाउनुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेशसभाका अर्का सदस्य बादशाह कुर्मीले रोगबाट सुरक्षित हुन खोप जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिब डा जनार्दन पन्थी, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोद गिरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाको तर्फबाट खजुरा गाउँपालिका(२ का वडा अध्यक्ष धनराम वली, बर्दिया स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी, स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती लगायतले बोल्नुभएको थियो । 

जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले प्रगति विवरण प्रश्तुत गर्नुभएको थियो । स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार