मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनुपर्नेमा सरोकारवालाको जोड

महमूद आलम खान 1132+ समाचार ( )
मानव अधिकार आयोगका पुर्व आयुक्त सुदिप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनितिक दल, मिडिया, उम्मेदवार लगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिदै भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
२३ वैशाख २०७९, शुक्रबार

नेपालगन्ज । स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि बाँकेका नागरिक समाजले प्रभावकारी रुपमा अनुगमन गर्ने भएका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगन्जको संयुक्त आयोजनामा निर्वाचन आचार संिहताका बारेमा गरिएको छलफलमा नागरिक समाजले अनुगमन गर्ने निष्कर्ष निकालेका छन् । 

छलफलमा स्थानीय निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बातावरणमा सम्पन्न गर्न र मतदानका क्रममा अपांगता भएका, असहाय, विरामी, जेष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरिने भएको छ । 

कार्यक्रमका सहभागीहरुले चुनाव हुन अब केही दिन मात्र बाकी रहदा अहिले पनि निर्वाचन आचार संहिता उल्लंघन भईरहेको पाइएकोले सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने भन्दै निर्वाचन आचारसंहितासंग सम्वन्धित क्रियाकलापको बारेमा अनुगमनमा देखिएका कुरालाई मानव अधिकार आयोगको कार्यालयमा हेल्प डेक्समार्फत सूचना प्रवाह गर्ने बताएका थिए । मानवअधिकार आयोग नेपालगन्ज कार्यक्रममा हेल्प डेक्स स्थापना गरि निर्वाचन संग सम्वन्धित विभिन्न गतिबिधीहरुको अनुगमन गर्ने र बेला बेलामा बैठक बसेर छलफल गरि सरोकारवालाको ध्यानाकर्षण गराइने आयोगका नेपालगन्ज प्रमुख झंकर रावलले बताउनुभयो ।  

छलफलमा मानव अधिकार आयोगका पुर्व आयुक्त सुदिप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनितिक दल, मिडिया, उम्मेदवार लगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिदै भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने डिजिटल राइटस नेपालका अध्यक्ष सन्तोष सिग्देलले सामाजिक संजालको प्रयोग र कानूनका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

छलफलमा राष्टिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, अधिकारकर्मी आलम खान, नियोगका प्रदेश संयोजक सुरेस गौतम, भावुक जंग थापा, मैमुना सिद्दिकी, कमला पन्त, कृष्णमुरारी प्रसाद भट, लगायतले निर्वाचन आचारसंहिताको उल्लघंनका घटनाहरु बढी भइरहेकाले त्यसलाई न्युनीकरणमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार