मुख्य समाचार
स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि | नेपालगन्ज र खजुरामा विद्युत बक्यौता असुल अभियान तिब्र | नरैनापुरमा प्रशासनिक संकट गहिरिँदै, नागरिकको आवाज बुलन्द | ‘उज्यालो नेपाल पार्टी’ मातहत सप्तरी–काठमाडौं सम्पर्क मञ्च गठन, ९ सदस्यीय समिति घोषणा | सप्तरीको दिगो विकासका लागि पूर्वाधार, सिँचाइ र शहरी सुधारमा पहलको माग |

छग्रहवा सामुदायिक वनको अध्यक्षमा चन्द विजयी

यूथ टुडे समाचारदाता 3023+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार
बाँके । बाँकेको डुडुवा गाउँपालिका ५ स्थित छग्रहवा सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा इन्द्र बहादुर चन्द चयन भएका छन् ।
मंगलबार संस्थाको कार्यालय परिसरमा भएको निर्वाचनबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । 
आज बुधवार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित चन्दले १२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी थल बहादुर सार्कीले ११५ मत ल्याएका थिए ।  निर्वाचनमा कुल २ सय ४९ मतदाता उपभोक्ता रहेका उक्त सामुदायिक वनमा २ सय ४४ मत खसेको निर्वाचन समितिका संयोजक राज बहादुर चौधरीले जानकारी दिनु भयो ।
उपाध्यक्षमा मान बहादुर बस्नेत, सचिवमा दिपशिखा दाहाल बिष्ट, सह–सचिवमा गिता सार्की, कोषाध्यक्षमा हरिकला र सदस्यहरुमा गोपाल बोहरा, पुर्णकला, ज्ञानीमाया चन्द, देशराज खटिक, इरदा शाही र पुनम नेपाली निर्वाचित भएको संयोजक चौधरीले बताउनु भयो । 
साधारण सभामा फेकु फन् बाँकेका अध्यक्ष साबित्री पुन वडा नं ५ का अध्यक्ष झंकर बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।
रुख रोपौं, वन जोगाऔं’ भन्ने नाराका साथ सम्पन्न भएको निर्वाचनमा निर्वाचितहरुलाई पदभार ग्रहण तथा प्रमाणपत्र बितरण गर्दै निर्वाचन समितीका संयोजक चौधरीले छग्रहवा आफैमा ऐतिहासिक स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका हुने बताउनु भयो। उहाँले सामुदायिक बन ब्यवस्थापन तथा सञ्चालनका सन्दर्भमा स्थानीय तथा बाह्य बिभिन्न निकायहरुसंग समन्वयमा आफुहरु लागेको जानकारी दिनु भएको थियो ।
वडा अध्यक्ष थापाले आगामी योजनामा वन तथा वातावरणमैत्री योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सामुदायिक वनको संरक्षण गर्नुपर्ने भन्दै डुडुवा गाउँपालिका वन तथा वातारणको विषयमा सकारात्मक भएको बताउदै गाउँपालिका सामुदायिक वनको संरक्षणमा सकारात्मक रहेको जिकिर गर्नुभयो। 

नवनिर्वाचित सचिव बिष्टले आज बुधवार सपथग्रहण गरेपछि मतदानहरुलाई धन्यवाद दिँदै भन्नुभयो सामुदायिक बनको रक्षा गर्नु सबै नागरिकहरुको कर्तव्य रहेकोले वन प्रति इमान्दार भइदिन आग्रह गर्नु भयो । उहाँले सामुदाय संग सहकार्य गरेर वनको संरक्षण गर्न तर्फ समितिले भुमिका निर्वाह गर्ने जिकिर गर्दै वनमा डढेलो लाग्नबाट जोगाउन तर्फ केन्द्रीत हुन अपिल गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार