बाँके । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी अन्य पार्टीसंग तालमेल गरेर चुनावमा जाने बताएका छन् ।
नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुख्यरुपमा नेकपा एमालेसंग सहकार्य गरेर चुनावमा जाने बताए । तालमेलको मोडालिटीका बारेमा कुराकानी हुन बाँकी रहेको बताउँदै उनले आफ्नो पार्टी संगठन निर्माणकै चरणमा रहेकाले धेरै ठूलो महत्वाकांक्षा नरहेको स्पष्ट पारे । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको उपमेयर सहित केही वडामा आफ्नो पार्टीको चाहना रहेको बताए ।
अध्यक्ष थापाले राप्रपामा सैद्धान्तिक विचलन आएकाले राप्रपा नेपाललाई पुन: जागृत गरेको जिकिर गरे ।