मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेको जानकी गाउँपालिकाद्वारा ५२ करोड बढी बजेट प्रस्तुत

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, महिला बालबालिका तथा जेष्ठ नागरिकलाई प्राथमिकता
११ असार २०८२, बुधवार

बाँके । जानकी गाउँपालिकाले ५२ करोड बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड ३६ लाख ९६ हजार ६ सय २१ रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाकाको १८ औं गाउँ सभामा संघिय सशर्त अनुदान रकम २२ करोड ६९ लाख, संघिय समानिकरण अनुदान रकम ११ करोड ४९ लाख, प्रदेश समानिकरण अनुदान ७९ लाख ३६ हजार, संघिय राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १० करोड ६३ लाख ९८ हजार ६ सय २१, प्रदेश राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १ करोड ३ लाख ६२ हजार, संघिय समपुरक अनुदान रकम ५० लाख, प्रदेश समपुरक अनुदान रकम ७५ लाख, प्रदेश विशेष अनुदान १७ लाख, समानुपातिक आन्तरिक श्रोत आम्दानी रकम १ करोड ५० लाख र अल्या रकम १ करोड प्रस्तावित बजेट प्रस्तुत गरियो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष यादवले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी, उद्योग, ब्यवसाय, पर्यटन लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले सञ्चालन गरेको उक्त सभामा सभासद एवम वडाध्यक्ष मो. रजा राई, चन्द्रिकाप्रसाद गुप्ता, राजकुमार कुर्मी, रमेशकुमार बर्मा, टिकानाथ यादव, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा सदस्य लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार