मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

बाँकेमा राप्रपा त्याग्नेहरुको संख्या बढ्यो, राप्रपा नेपालमा प्रवेश गर्नेहरुको लर्को

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेमा राप्रपा समाप्त गर्ने राप्रपा नेपालको योजना
५ चैत्र २०७८, शनिबार

बाँके । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल पुनर्जागृत भएको केहि महिनामै यस पार्टीमा युवाहरुको आकर्षण बढ्दै गएको छ ।

केन्द्रीय कार्य समिति निर्माण, जिल्ला कार्य समितिहरुको विस्तार गर्दै संगठन गर्न थालेको राप्रपा नेपालमा राप्रपा परित्याग प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

राप्रपा नेपालका केन्द्रीय सदस्य एक्बाल इराकी, श्रीधर सुवेदी र बाँके अध्यक्ष दिपेन्द्र सिंहको सहजिकरणमा शनिबार दर्जनौ युवाहरु राप्रपा परित्याग गर्दै राप्रपा नेपालमा प्रवेश गरेका हुन ।

नवप्रवेशीहरुले बाँकेलाई राप्रपा नेपालमय बनाउने महान उद्देश्य लिएर उर्जाका साथ राप्रपा नेपालमा प्रवेश गरेको राप्रपाबाट निर्वाचित जनप्रतिनिधि आशा बिष्टले बताउनुभयो। उहाँले आउने निर्वाचनमा बाँकेबाट राप्रपा नेपालले स्थानीय तहहरुमा नेतृत्व गर्ने बताउदै आवश्यकता अनुसार गठबन्धन निर्माण गरेर निर्वाचनमा होमिने बताउनु भएको थियो । 

उहाँले राप्रपामा बसेर युवा र महिलाहरुको भबिष्य नदेखे पछि कमल थापा कै नेतृत्वमा आफुहरुको भविष्य रहेकोले राप्रपा परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेको जिकिर गर्नु भएको थियो ।

राप्रपा नेपालका केन्द्रीय सदस्य इराकी र सुबेदीको बिशेष उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ को निर्वाचित वडा सदस्य आशा बिष्टको नेतृत्वमा तिन दर्जन भन्दा बढीले राप्रपा नेपाल प्रवेश गरेको बाँके अध्यक्ष दिपेन्द्र सिंहले युथ टुडे न्युजलाई जानकारी दिनु भयो । अध्यक्ष सिंहले नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाको नाम मेटाएर राप्रपा नेपाललाई बाँकेमा स्थापित गर्ने अभियानमा रहेको बताउँदै अबको आउने निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिनेहरुको धरौटी समेत जफत हुने ठोकुवा गर्दै राप्रपा नेपालले स्थानीय निर्वाचनको नेतृत्व गर्ने दाबी गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार