मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

काठमाडौँ । नेपाल मुस्लिम इत्तेहात सङ्गठनका केन्द्रीय अध्यक्ष माेहम्मद हारुन हलवाईले पार्टी अध्यक्षमा केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र नेकपा (एमाले) को सिद्धान्त, नीति, कार्यक्रम र आन्दोलन सही दिशामा अघि बढ्ने स्पष्ट गरेका छन् ।

आसन्न पार्टी महाधिवेशनका सन्दर्भमा प्रतिक्रिया दिँदै अध्यक्ष हारुनले केपी शर्मा ओली नेतृत्वको टिममा देखिएको एकता, सहकार्य र विजयउन्मुख वातावरणबाट आत्तिएर विभिन्न खालका अपवाह फैलाइँदै आएको बताए ।

उनले प्रतिनिधिहरूलाई भ्रमित पार्ने उद्देश्यले केही सञ्चारमाध्यम र व्यक्तिहरुमार्फत् ओली नेतृत्वको टिमविरुद्ध आएका समाचारमा कुनै पनि सत्यता नरहेको दाबी गरे ।

“अहिले केपी शर्मा ओली नेतृत्वको टिममा अभूतपूर्व एकता र उत्साह देखिन्छ । यही कारण अनावश्यक हल्ला र अपवाह फैलाउने प्रयास भइरहेको छ,” अध्यक्ष हारुनले भने, “यस्ता भ्रमपूर्ण सूचनाको पछि नलाग्न म सबै प्रतिनिधिहरूलाई आग्रह गर्दछु ।”

अध्यक्ष हारुनले मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसहित सम्पूर्ण प्रतिनिधिहरूलाई एकताबद्ध भएर अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेललगायत पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गरे ।

बलियो नेतृत्व र स्पष्ट वैचारिक दिशाबिना पार्टी सशक्त बन्न नसक्ने उल्लेख गर्दै केन्द्रीय सदस्य (मुस्लिम काेटा) का उम्मेदवार रहेका हलवाईले ओली नेतृत्वको टिमलाई जिताउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार