बाँके । बाँकेको नरैनापुरमा झाडा पाखालाका कारण आईतबार ४ जनाको मृत्यु भएको छ । नरैनापुर –३ गेगलीमा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने ४ जनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिनु भयो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले ३ नम्बर भारतीय सिमा संग जोडिएको गाँउ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ आफूलगायत स्वास्थ्य चौकीका सि अहेवा तैयाब अहमद र अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको जानकारी बताउनु भयो ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले झाडा पाखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको बताउदै उहाँले हरिराम पासीको श्रीमति वर्ष २५ कि रुसा पासी र उनी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमति वर्ष ६० कि शान्ति पासी, र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मृत्यु झाडापाखा कै कारण भएको बताउनु भयो ।
झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको अध्यक्ष शाहले जानकारी दिनु भयो । ।
अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाई छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।
यसैगरी भेरी अस्पतालमा ३ जनाको उपचार भई रहेको अस्पतालका मेडिकल सुपरिटेण्डन प्रकाश थापाले बताउनु भयो ।