मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न मतदान सुरु

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१२ माघ २०८२, आइतबार

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो।

प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गरेका छन्। लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता वा अल्पसंख्यक, तथा अन्य समूह गरी तीन जना राष्ट्रिय सभा सदस्य निर्वाचित गरिनेछ।

तीन सिटका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ। कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी परेको हो।

कांग्रेस र एमालेबीच तालमेल गरी उम्मेदवारी दर्ता गरिएको छ। गठबन्धनअनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपाङ्गता तथा अन्य समूहको कोटा परेको छ। यसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार रहेकी छन्।

कांग्रेसबाट अपाङ्गता कोटामा दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुङ्गा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार रहेका छन्।

नेपाली कम्युनिष्ट पार्टीले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ। महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपाङ्गता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा छन्।

राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उम्मेदवारी परेको छ। महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उम्मेदवार रहेका छन् ।

हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ। भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपाङ्गता कोटाबाट निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता रहेका छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार