मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

बाँकेमा पत्रकार असुरक्षित, पत्रकार गुप्तामाथि कुटपिट गर्नेहरु खुलेआम सडकमा

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
उदाशीन बन्दै प्रहरी
२ कार्तिक २०८१, शुक्रबार

नेपालगञ्ज । जि नेपाल फोरके टेलिभिजनमा कार्यरत पत्रकार अभिषेक गुप्तामाथि मध्यरात घरमै पुगी कुटपिट तथा दुव्र्यवहार गर्नेहरुमाथि दुई हप्ता बढि समय बितिसक्दापनि कुनै कार्वाही भएको छैन ।

समाचार संकलनको विषयलाई लिएर घटनामा असम्बन्धित व्यक्तिहरुको एक समूह गत असोज १७ गते राती ११ बजे अभिषेक गुप्ताको घरमै पुगी गुप्ता, उनकी आमा लगायत परिवारका सदस्यहरुमाथि आक्रमण गरी घाईते तुल्याएका थिए ।

दुर्गा पूजाका सम्बन्धमा खुला सडकमा लाठी प्रदर्शनको प्रशिक्षण भईरहेको रिपोर्टिग गर्न घटना स्थल पुगेका पत्रकार अभिषेक गुप्ताले भिडियो खिच्न खोज्दा नखिच्न भनेपछि उत्पन्न विवाद पछि पत्रकार गुप्ता भिडियो नखिचि फर्किएका थिए ।

सोही विाषयलाई लिएर दुर्गेश साहु, विशाल गुप्ता, देवानन्द यादव लगायतको समूह राती घरमै पुगी गाली गलौज गर्दै कुटपिटमा उत्रिएका थिए । घटनाको विषयमा तत्कालै पिडितका तर्फबाट प्रहरीमा उजुरी भई मुद्दा तथा गरी दोषिहरुलाई पक्राउ पूर्जि समेत जारी भइसकेको दुई हप्ता बितिसकेतापनि उनीहरु पक्राउ पर्नुको बदला खुलेआम बजारमा घुमिरहेका छन् ।

घटनाको विषयलाई लिएर नेपाल पत्रकार महासंघ बांकेको नेतृत्वमा प्रेस चौतारी नेपाल, प्रेस यूनियन,प्रेस संंगठन लगायतका संगठनहरुले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोषीहरुमाथि शिघ्र कार्वाहीको माग गर्दैै ज्ञापन पत्रसमेत बुझाएका छन् ।

जिल्ला प्रहरी प्रमुुख तुलबहादुर कार्कीको समेत उपस्थितिमा ज्ञापन पत्र बु्झे लगत्तै तत्काल दोषिलाई कार्वाही गर्ने आश्वासन प्रजिअ रिजालले पत्रकार समक्ष गरेका थिए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार