मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ओलीले ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै छन् : पुन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । 

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काण्डमा मुछिएकाहरूको बिचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए । ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’ 

आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबिच सहमति गरिएको आरोप उनले लगाए । 

उनले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रूपमा कांग्रेस–एमालेबिच गठबन्धन भएको उल्लेख गरे । माओवादी सशस्त्र जनयुद्ध, ०६२÷०६३ को संयुक्त आन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको पुनले बताए ।

 ‘भ्रष्ट आचरणका कारण जनताबिच डुङडुङ गन्हाएका पुराना पार्टी कांग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ । हामीलाई लागेको थियो उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरू भ्रष्टाचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ । खबरदारी गर्छौँ’, पुनले भने । पुनले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए । 

फरक प्रसङ्गमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरू सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताए । तर, कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरे । ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भने, ‘कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन जाला भन्न थाल्नुभएको छ ।’ सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्त्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनको थियो । पुनले बङ्गलादेशको राजनीतिक हावा काठमाडौँसहित देशका ठुला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गरे । 

फरक प्रसङ्गमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए । जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौँ आधुनिक विद्यालय भवनहरू निर्माण भएको तथा सिँचाइ र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गरे । उनले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सृजना गर्ने योजनासहित आफूहरूले काम गरिरहेको चर्चा गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार