मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

संसदमा राष्ट्रसंघका महासचिवले गरे सम्बोधन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंग्याउने कार्यमा नेपाल एक्लै नरहेको बताएका छन् ।

मंगलबार नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायको माध्यमबाट मात्रै युद्वको घाउ निको हुने भन्दै यसलाई नाजुक र जटिल कार्यको रुपमा समेत चित्रण गरे ।

उनले भने‘ हामीलाई के कुरा थाहा छ भने संक्रमणकालिन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ। जब यो समावेशी तथा बृहत हुन्छ र यसको केन्द्रमा पीडितहरु हुन्छन्। जब यो सत्य, क्षतिपुर्ती र न्यायमा केन्द्रित हुन्छ। यसमा तपाईहरु एक्लो हुनुहुन्न। ’

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउनु गौरवको विषय भएको बताएका छन् । महासचिव गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको पनि बताए । गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताए । उनले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार