मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रेस सेन्टर नेपाल चौरजहारीको अध्यक्षमा ओली

महमूद आलम खान 1132+ समाचार ( )
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले पालिका स्तरमा पनि संगठन विस्तार गरेको छ
२६ अशोज २०७८, मङ्गलबार

रुकुम । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले पालिका स्तरमा पनि संगठन विस्तार गरेको छ । केन्द्रीय कमिटिको सर्कुलर अनुसार संगठनले जिल्लाका स्थानीय पालिकाहरुमा पनि संगठन विस्तारको काम सुरु गरेको हो । जसअन्तरगत आज चौरजहारी नगरपालिकामा प्रेस सेन्टर नेपालको पहिलो नगर भेला सम्पन्न भएको छ । पालिकामा रहेका पत्रकारहरुको भेलाले तिलक ओलीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा तृषा डाँगी, सचिवमा राजेन्द्र बिक, र कोषाध्यक्षमा सुनिल थापा चयन हुनुभएको छ । भेलाले नगरको नयाँ नेतृत्व चयन गर्नुका साथै कार्तिक १३ गतेका लागि तोकिएको जिल्ला सम्मेलनलाई सफल पार्ने निर्णय गरेको छ । प्रेस सेन्टर नेपालले पहिलो पटक पालिकाहरुमा पनि संगठन विस्तार थालेको हो । जिल्लाका सबै पालिकामा संगठनको पालिका कमिटि निर्माण गरिने प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ ।

भेलामा माओवादी केन्द्रका नगर इञ्चार्ज पुष्प वादी, नगर कमिटी अध्यक्ष श्रीकृष्ण शर्मा, प्रदेश कमिटी सदस्य विशाल शर्मा, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश इञ्चार्ज धुब्रविक्रम बुढाथोकी, केन्द्रिय सदस्य कोपिला बिएम लगायत नेता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार