मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित

महमूद आलम खान 1132+ समाचार ( )
खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।
१२ पौष २०७८, सोमबार

काठमाडौं । काठमाडौं सहित ८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।

खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिञ्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान सुरु हुनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले भोलिदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने जनाएको थियो ।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पर्सि १४ गतेसम्म चल्ने छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार