मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्न उधोग समितिले उपसमिति बनाउने

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगहरुको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीहरुको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको सभापति अब्दुल खाँनले जानकारी दिए ।

बैठकले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर निरन्तर रुपमा कायम गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए । त्यस्तै, बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अर्थमन्त्रालयसंग जानकारी लिने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्स प्रयोग गर्ने कारखानाका प्रतिनिधहरुसँग छलफल भएको थियो । उनीहरुले अहिले ९७ प्रतिशत फलामे छड उत्पादन गर्ने कारखानाहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गर्ने भएकाले यसमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार