मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

जिल्लाका ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्यायौं : मन्त्री अथक

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नेपालगन्ज १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरेका छन । मंगलबार गृहजिल्लाबाट काठमाण्डौं फर्किनुअघि मन्त्री अथकले विद्यालयमा निर्मित नयाँ भवनको उद्घाटन गरेका हुन ।
२८ भाद्र २०७९, मङ्गलबार

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नेपालगन्ज १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरेका छन । मंगलबार गृहजिल्लाबाट काठमाण्डौं फर्किनुअघि मन्त्री अथकले विद्यालयमा निर्मित नयाँ भवनको उद्घाटन गरेका हुन । 

भवन उद्घाटन गर्दै मन्त्री अथकले आफु बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने भएकाले समग्र बाँके जिल्लाको बिकास र समृद्धिका लागि निरन्तर लागिपरेको बताए । बाँकेका बिद्यालयमा आफुले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेको बताउँदै मन्त्री अथकले आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की छानामा ल्याईएको दाबी गरे ।

उनले नेपालगंज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा बिकास गर्न गरिएको प्रयासका कारण केही काम अघि बढेको बताउँदै छिट्टै त्यसले पूर्णता पाउने विश्वास समेत ब्यक्त गरे । नौवस्ता औद्योगिक क्षेत्र, बैजनाथको मानसरोवर स्मारक पार्क, आधुनिक कवर्ड हलसँगै कोहलपुरमा राष्ट्रियस्तरको महिला क्रिकेट एकेडेमी निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै मन्त्री अथकले सिक्टा सिँचाई आयोजना, राप्तीपारी विद्युतिकरण र हुलाकी सडक निर्माणकालागि गर्नुपरेको संघर्षले आफुलाई थप जिम्मेवार र लगनशिल बनाएको उल्लेख गरे । उनले अन्तर प्रदेश जोड्ने सडक संजालअन्तर जिल्ला जोड्ने सडक संजाल, स्वास्थ्य र शिक्षाको बिकास, भेरी बबई डाईभर्सनसंगै अन्य थुप्रै बिकास र समृद्धिको प्रकिया अघि बढिसकेको भन्दै खुसी समेत ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ ले २०४० सालमा स्थापना भएको बिद्यालयको बिकासका लागी धेरै नेताहरुले आश्वासन दिएपनि काम नगरेको दुखेसो पोखे । उनले मन्त्री अथकको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे पक्की भवन निर्माण गर्न सफल भएकोमा खुसी ब्यक्त गरे । आगामी दिनमा बिद्यालयको भौतिक पर्वाधार बिकास र खेलमैदान लाई ब्यवस्थित बनाईदिन पनि अध्यक्ष खाँ मन्त्री अथकसँग आग्रह गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार