रमदानको अवसरमा विद्यालयको पहुँच बढाउन ६ किशोरीलाई साईकल

यूथ टुडे समाचारदाता 2394+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

बाँके १३ चैत्र । विद्यालयको पहुँच बढाउन राप्ती सोनारी र नरैनापुरमा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानले ६ किशोरीलाई साईकल उपलब्ध गराउनु भयो । सामूहिक रुपमा इफतार गरे पछि कार्यकारी निर्देशक खानको सहयोगमा युथ टुडेका सम्पादक आलम खानले बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई साईकल उपलब्ध गराउनु भयो । 

मुस्लिमहरुको पवित्र महिना रमदानको अवसर पारेर विद्यालय टाढा भएका विद्यार्थीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको हो । सो अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले विद्यालय टाढा हुँदा विद्यालय जान अप्ठेरो परेको विद्यार्थीलाई रमादान महिनामा अमेरिकामा बस्दै आउनु भएका यूथ टुडेका कार्यकारी निर्देशक खानले साईकल उपलब्ध गराएर राम्रो काम गरेको बताउनु भयो । ‘विद्यालय टाढा हुँदा खासगरी किशोरीहरुलाई विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले अब विद्यालयको पहुँच बढाउँछ’ उहाँको भनाई थियो । नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले बिपन्न छात्रछात्रालार्ई साईकल दिएर धेरै राम्रो काम गरेको बताउनु भयो । दूर दराजमा रहेका विद्यार्थीलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उहाँको भनाई थियो ।  

अमेरिका बस्दै आउनु भएका खानले विद्यालयको अवस्थामा सुधार ल्याउन सहयोग गरेको बताउनु भयो । उहाँले यस्ता सहयोग निरन्तर जारी रहने जिकिर गर्नु भयो । साईकल पाएपछि किशोरीहरु निकै खुसी भएका थिए । खानको सहयोगमा राप्तीसोनारी ७ मा रहेको शहिद दल बहादुर घर्तिमगर खेलमैदानमा मोटर र खानेपानी ट्यांकी सहित धारा जडान गरिएको थियो । साईकल वितरण कार्यक्रममा नरैनापुर गाँउपालिका १ का वडा अध्यक्ष इसाक जोलाह, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत, इन्जिनियर प्रविन श्रेष्ठ, नेपालगंज ४ का निर्वतमान वडा अध्यक्ष सफिक बेहना लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार