मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन भदौ २५ मा हुने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ।
२९ श्रावण २०७९, आइतबार

काठमाडौं। सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ। छैठौँ समितिको तीन वर्षे कार्यकाल सकिएकाले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो।

विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ। आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको संयोजक सुनुवारले बताउनु भयो।

संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ। समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ। समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ।

संयोजक सुनुवारले समाजको प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमति प्रदेशको उपत्यकाको तीन जिल्ला लगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ति सबै जिल्लाका करिब दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने बताउनु भयो।

सुनुवारले महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न आह्वान गर्नु भएको छ। विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोग गर्नु भएको छ।

महाधिवेशनको अवसरमा मुखपत्र चेतना प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभकामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार