मुख्य समाचार
दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने | गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रवि लामिछाने | नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री |

एमालेको समानुपातिक बन्दसूचीमा मुस्लिम समुदायको बलियो प्रतिनिधित्व, हारुन् हल्लवाइ पहिलो नम्बरमा

यूथ टुडे समाचारदाता 3309+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौँ । मुस्लिम समुदायका अगुवा तथा नेकपा एमालेका प्रभावशाली नेता मोहम्मद हारुन् हल्लवाइ नेकपा एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा हारुनको नाम मुस्लिम पुरुष क्लस्टरको पहिलो नम्बरमा राखिएको हो ।

मुस्लिम समुदायबाट लामो समयदेखि राजनीति, सामाजिक सेवा तथा समावेशी अधिकारको पक्षमा सक्रिय रहँदै आएका हारुन् हल्लवाइलाई पार्टीले पहिलो प्राथमिकतामा राखेपछि सिंगो मुस्लिम समुदायमा खुसी छाएको छ । विशेषगरी बाँकेसहित तराई–मधेशका विभिन्न जिल्लामा मुस्लिम समुदायका अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणले यस निर्णयलाई स्वागत गरेका छन् ।

बाँकेका स्थानीय सर्वसाधारणले एमालेले मुस्लिम समुदायलाई सम्मान र प्राथमिकता दिएको भन्दै प्रशंसा गरेका छन् । उनीहरू भन्छन्, “मुस्लिम समुदायको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी ढंगले उठाउन सक्ने नेताको रूपमा हारुन् हल्लवाइ परिचित हुनुहुन्छ । उहाँलाई बन्दसूचीको पहिलो नम्बरमा राखिनु सकारात्मक सन्देश हो ।”

राजनीतिक विश्लेषकहरूका अनुसार एमालेले समानुपातिक बन्दसूचीमार्फत विभिन्न जाति, समुदाय, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ । मुस्लिम समुदायबाट हारुन् हल्लवाइलाई पहिलो नम्बरमा राख्नु समावेशी राजनीतिप्रतिको प्रतिबद्धताको संकेत भएको उनीहरूको भनाइ छ ।

हारुन् हल्लवाइले पनि पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै मुस्लिम समुदायको हक, अधिकार र राष्ट्रिय हितका विषयमा संसदमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । “यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, सिंगो मुस्लिम समुदायको सम्मान र विश्वासको प्रतिफल हो,” उनले प्रतिक्रिया दिए ।

एमालेको यस निर्णयले आगामी निर्वाचनमा मुस्लिम समुदायको समर्थन थप मजबुत हुने अपेक्षा गरिएको छ । साथै, समावेशी लोकतन्त्र र प्रतिनिधित्वको अभ्यासलाई थप बल पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार