मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नक्कली भुटानी शरणार्थी प्रकरण
पुर्व गृह मन्त्री खाण ३० लाख, हज समितिका अध्यक्ष मियाँ १० लाख धरौटीमा रिहा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि जेलमा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रिहा भएका छन् । उनी शक्रुबार केन्द्रीय कारागार जगन्नाथदेवलबाट रिहा भएका हुन् ।

शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभाग लगिएको छ । त्यहाँ पनि नेता खाणको बयान हुनेछ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएका थिए । उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्टी बुझाएका हुन् ।

गत मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा कोइरालाको इजलासले निर्णय गरेको हो । प्रकाश खरेलले खाणलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएका थिए । तर, जनक पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए ।

नेता खाणका अलावा हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोप बहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरू धरौटी बुझाएर छुटिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार