मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

काग्रेसको केन्द्रीय समितिमा देउवा पक्ष हाबी

महमूद आलम खान 1132+ समाचार ( )
१३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन् ।
२ पौष २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ ।

पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ । १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन् ।

जसमध्ये १ सभापति, १ उपसभापति र ६ सहमहामन्त्रीमा देउवापक्षले जितेको छ ।

एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ । अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको छ ।

सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भएका छन् । ८ मध्ये सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् ।

तर, पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री भने देउवाले गुमाएका छन् । उनी पक्षका प्रकाशशरण महत र प्रदीप पौडेललाई शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान पक्षका विश्वप्रकाशले जितेका छन् । दुवै जना नेतृत्वको आलोना गर्न सक्ने र युवामाझ मनपराइका नेता हुन् ।

पदाधिकारी विजयी भएको आधारमा भन्दा केन्द्रीय समितिमा पनि देउवाको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार