मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइदै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
लुम्बिनीको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।
१ श्रावण २०७९, आइतबार

काठमाडौं । २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज देखि लगाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ ।

उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमतीको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् ।

यस्तै गण्डकीको कास्की र नवलपरासी पूर्व, लुम्बिनीको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।

यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार