मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नीति निर्माण र बजेट विनियोजनको लागि आफुले निरन्तर वकालत गर्ने केसीको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

बाँके  । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि सञ्चालन गरेको लैंगिक रुपान्तरित समावेशी शिक्षण विधि र कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको तालिमको समापन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बिद्यालयलाई लैंगिकमैत्री र अपांगतामैत्री बनाउन तथा मानव बेचबिखन विरुद्ध सचेतना बढाउन तालिमले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले बाँके युनेस्को क्लब र प्लान नेपालले स्थानीय सरकारहरूलाई यस्ता विषयमा जागरूक बनाउने र सहयोग गर्ने कार्य गर्दै आएकोमा सराहना गर्नुभयो ।

प्रादेशिक स्तरमा नीति निर्माण र बजेट विनियोजनको लागि आफुले निरन्तर वकालत गर्ने प्रतिबद्धता पनि पूर्वमन्त्री केसीले गर्नुभयो । 

राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले मानव बेचबिखन रोक्न बाँके युनेस्को क्लब र अन्य संस्थाहरूसँग मिलेर निरन्तर रुपमा काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै सो उद्देश्यका लागि संयन्त्रहरूलाई सुदृढ पार्ने, आवश्यक नीतिहरू बनाउने र बजेट विनियोजन गर्ने जिकिर गर्नुभयो । 

तालिम समापन कार्यक्रमका अध्यक्ष राजापुर नगरपालिकाका मेयर दिपेश थारुले मानव बेचबिखन रोक्न सक्रिय रूपमा काम गर्दै सुरक्षित, समावेशी र बालमैत्री विद्यालयहरू सञ्चालन गर्न नगरपालिकाले सधैं सहयोग र सहकार्य गरिराख्ने बताउनुभयो । 

उहाँले मानव बेचबिखन एक महत्वपूर्ण समस्या भएको जनाउँदै यसलाई रोक्न र सम्बोधन गर्ने सामूहिक जिम्मेवारीमा पनि जोड दिनुभयो । सामाजिक परिवर्तन र रूपान्तरणकालागि राजापुर नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी गरेर अगाडी बढ्ने निति बनाएको मेयर थारुले बताउनुभयो । 

बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको सो तालिमका सहभागिहरुले तालिमले शिक्षकहरूको समावेशी शिक्षण विधि निर्माण र कक्षा कोठा व्यवस्थापनका लागि क्षमता वृद्धि गरेको जनाउँदै मानव बेचबिखन विरुद्धको लडाईमा परिवर्तनका संवाहकको रूपमा रहेका युवा दूतहरूलाई सशक्त बनाएको प्रतिक्रिया दिनु भएको थियो । 

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष विदुर पोखरेल, प्रशासन इकाईका प्रमुख आनन्द प्रसाद जैसी, बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, परियोजना संयोजक महेश नेपाली, बाँके युनेस्को क्लबका मूल्यांकन अधिकृत जनकराम थारु र फिल्ड सुपरभाइजर परमिशा थारुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार