मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

बाँके । हिमालय जाभाको प्रख्यात कफी र थारु समुदायका परिकार अब एकै ठाउँमा पाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाईगाउँमा करिव एक करोड रुपैयाँ लगानीमा खुलेको थारु हाउसको नेपालगन्ज उमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बुधबार रिबन काटेर उद्घाटन गर्नु भएको थियो। 

हाउसमा थारु समुदायका खानेकुराहरु अनदीको चामलबाट बनेको बढिया, ढिक्री, घोंगी, खरवा, डोक्नीको चट्नी लगायत परिकार पाइने सञ्चालक रेश्मा चौधरीले जानकारी दिनु भयो । 

यस्तै हाउसमा हिमालय जाभाको प्रख्यात कफीका साथै अन्य खाजा र खानाका आइटमहरु पनि उपलब्ध रहेको चौधरीले बताउनु भयो । 

मेयर विष्टले नेपालगन्जका कफी पारखी र थारु परिकार रुचाउनेहरुका लागि थारु हाउस उपयुक्त स्थान रहेको बताउनु भयो । थारु हाउसले कफी र खानाका पारखीहरुको मन जित्ने मेयर बिष्टले उल्लेख गर्दै भन्नुभयो नेपालगञ्जमा थारु समुदायका खाने कुरा एकै ठाउँमा पाउने गरि थारू हाउस संचालनमा आउनु खुशीको कुरा भएको बताउनु भयो । उहाँले सामुदायिक थारु हाउसका लागि पालिकाबाट आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

हाउसको उद्घाटनका क्रममा नेपालगन्जमा रहेका विभिन्न क्षेत्रका ब्यक्तीहरु उपस्थित भएका थिए । उद्घाटनको पहिलो दिन प्रतिनिधि सभाका सांसद समेत रहेका नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंर, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता सुदिपनरसिंह राणा, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, जामा मस्जिद इदगाह संचालक समितिका निर्वतमान अध्यक्ष हाजी अब्दुल रहमान मियाँ लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार