मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ ।
४ पौष २०७८, आइतबार

नेपालगञ्ज । नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एकसाता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताउनुभयो । साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका वाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । 

वाल विकास शिक्षकहरुलाई उप–महानगरपालिकाले  साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सहजिकरण गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले  साक्षरता अभियान निरन्तर सञ्चालनका लागि समेत पहल गर्ने बताउनुभयो । 

नेपालगञ्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताउनुभयो ।

उप–महानगरपालिकाका शिक्षा अधिकृत भिमवहादुर बुढाले साक्षर उप–महानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउँदै आम नगरबासी लगायत सबैपक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

साक्षर नगरसँगै वाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार