मुख्य समाचार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता | विद्यालय शिक्षा विधेयक संसदमा पेश | संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमण दुवै सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाई | सामाजिक सद्भावमा खलल पु¥याउनेहरु माथि बिद्युतिय अपराधको मुद्दा चलाइने | चोरी मुद्दामा जाबिर हुसेन हल्वाई सहित २ जनाको नाममा पक्राउ पुर्जी | मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै, व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको निष्कर्ष | एमालेको बदनियतकै कारण कांग्रेस नेतृत्वको कोशी प्रदेशका ढलेको काग्रेसको निष्कर्ष | नरैनापुरमा मुस्लिम समुदायले मनाए मोहम्मद डे | कोहलपुर स्वास्थ्य शाखा प्रमुख ठकुरीले पत्रकार रिजाललाई दिएको धम्किको चौतर्फी आलोचना | आगामी वर्षदेखि प्रदेश सरकारले 'मोहम्मद डे' मा सार्वजनिक बिदा दिने मुख्य मन्त्रीको प्रतिबद्धता |

नरैनापुरमा ९९१३ जना बालबालिकाले लगाए दादुरा–रुवेला बिरुद्धको खोप

यूथ टुडे समाचारदाता 1403+ समाचार ( )
नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
७ माघ २०७९, शनिबार

नरैनापुर । नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।

नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् ।

सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर बिबेक पौडलेका अनुसार नरैनापुरका ६ वटा वडामा खोप अभियान संचालन भई रहेको बताउदै सोमबार सम्म लक्ष्य अनुसार खोप लगाई सक्ने जिकिर गर्नु भयो ।