मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |
मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |


बाँकेमा हात्तीपाइले रोगको औषधि सेवन गर्न मान्दैनन् नागरिक

महमूद आलम खान 1132+ समाचार ( )
बाँकेमा हात्तीपाइले रोग प्रतिष्ठाको विषय बन्दै
२९ फाल्गुन २०७८, आइतबार

बाँके । हात्तीपाइले  रोग निवारण गर्नका लागि सरकारले पटक–पटक आम औषधी सेवनको कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन ।

लक्षित समुहले हात्तीपाइले रोगको औषधि सेवन नगरिदिँदा बाँकेमा समस्या देखिएको छ । हात्तीपाईले रोग निवारणका लागि एक व्यक्तिले लगातार ६ वर्षसम्म औषधी सेवन गर्नुपर्ने हुन्छ। तर बाँके जिल्लामा ११औँ पटक सम्म आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्दा समेत हात्तीपाईले रोग निवारण हुन सकेको छैन। जसले जिल्लाको नै प्रतिष्ठा गुम्ने खतरा बढेको छ ।

‘हात्तीपाईले रोग निवारण गर्नु त जिल्लाको प्रतिष्ठाको विषय पनि हो, अन्य जिल्ला निवारण हुँदा बाँके लगायत केही जिल्लामा अझै पनि हात्तीपाईले रोग निवारण हुन सकेको छैन,।'

नेपाल सरकारले सन् २०३० सम्म देशलाई हात्तीपाइले रोग निवारण गर्नका लागि विश्व स्वास्थ्य संगठनसँग सम्झौता गरेको छ। 

यदि सन् २०३० सम्म पनि नेपाल हात्तीपाईले रोग निवारणको देशमा सूचीकृत हुन सकेन भने जिल्लाको अस्तित्व माथि प्रश्न चिन्ह लाग्ने जानकारहरु बताउँछन् ।

नेपालमा ७७ वटा जिलामा लुम्बिनीका ३ जिल्लासहित १० जिल्ला हात्तीपाईले रोग निवारण जिल्लाका रुपमा घोषणा हुन बाँकी रहेका छन्। 

नागरिकहरुले वर्षमा एक पटक ६ वर्षसम्म लगातार औषधी नखाइदिँदा यि जिल्लालाई हात्तीपाईले रोग निवारण जिल्लाका रुपमा घोषणा गर्न सकिएको छैन। 

विशेष गरेर ग्रामीण क्षेत्रका जिल्ला भन्दा तराईका जिल्ला अझ त्यसमा शहरी क्षेत्रका नागरिकले औषधी सेवन गर्न नमानेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

हात्तीपाईले रोग निवारण जिल्लाका रुपमा घोषणा गर्न सूचक पूरा गर्न २ प्रतिशतमा आउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

यो सूचक पूरा गर्न अब आमरुपमा सबैले औषधी सेवन गर्न सकियो भने बाँके जिल्लालाई निवारण गर्न सकिने छ। 

बाँकेमा फागुन २८ गतेबाट आमऔषधी सेवन कार्यक्रम सञ्चालन भए पनि नागरिकहरुले औषधि सेवन नगर्ने नमाने पछि अभियान जटिल बन्दै गएको नेपालगञ्जका स्वास्थ्यकर्मीहरुको भनाइ छ । 

स्वास्थ्यकर्मीहरुका अनुसार यस वर्ष औषधी सेवनको उम्मेरका आधारमा नभएर उचाईका आधारमा औषधीको मात्र खुवाउनु पर्ने भएकोले बिगत भन्द झन समस्या भइरहेको बताए ।

अघिल्लो वर्षसम्म उम्मेरका आधारमा औषधीको मात्रा खुवाइने गरेकोमा यस वर्षबाट उचाईका आधारमा औषधी खुवाउने प्रयास गर्दा टेबलेट देखेर नागरिकहरु डराएर खाना नमानेको स्थानीय स्वास्थ्यकर्मीहरुले बताए । 

यता बाँकेका केही पालिकाहरुले सुचक पुरा गर्नका लागि औषधि खाना नमानेकाहरुको राजिष्टरमा नाम लेखेर प्रतिशत पुर्याउने अभियानमा लागेको रहस्य सार्वजनिक भएको छ । 

विश्व स्वास्थ्य संगठनले नै उचाईका आधारमा औषधी खुवाउँदा प्रभावकारी हुने भनेपछि सोही आधारमा औषधी खुवाउन खोजिए पनि नागरिकहरु खान नमानेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार ९० सेन्टिमिरटर भन्दा कम तर २ वर्ष भन्दा माथिकाले आइभरमेक्टिन १ चक्की, डीइसी १ चक्की र अल्बेन्डाजोल १ चक्की खानुपर्ने छ। ९० सेमीदेखि ११२ सेमीसम्मकाले पनि यि तीनै औषधी एक एक चक्की खानुपर्ने छ। 

त्यस्तै ११३ सेमीदेखि १३३ सेमीसम्मकाले दुई दुई चक्की आइभरमेक्टिन, र डीइसी खानु पर्ने छ भने एक चक्की अल्बेन्डाजोल खानुपर्ने छ। 

१३४ सेमीदेखि १४६ सेमी एक चक्की अल्बेन्डाजोल र तीन तीन आइभरमेक्टिन, डीइसी चक्की खानुपर्ने छ। 

यस वर्षदेखि थप एक औषधी थप गरेर तीन प्रकारको औषधी खुवाइने लागेको छ । यस वर्ष थप गरिएको आइभरमेक्टिन औषधी हो।

अघिल्लो वर्षसम्म डीइसी र अल्बेन्डाजोल खुवाइने गरिएको थियो। साथै यि तीनै थरी औषधी विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएको र भारत लगायत विभिन्न देशमा प्रयोग हुँदै आइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

यि तीन थरीका औषधीले हात्तीपाईले रोग लागिसकेकाहरुको अझ धेरै प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउने भएकोले औषधि सेवन गर्न स्वास्थ्यकर्मीके अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार