मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

बाँकेमा धुमधामका साथ बक्राइद मनाइदै

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

बाँके २४ जेष्ठ । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) सामुहिक नमाज पढेर एक आपसमा शुभकामना साटासाट गर्दै मनाइएको छ ।

बकर इदको रौनकले नेपालगन्ज, बेतहनी र नरैनापुरमा चहलपहल बढाएको छ । 

तिर्थाटन र बलिदानको पर्वको रुपमा मनाइने यो पर्व मुस्लिम समुदायका व्यक्तिहरु विहान इदगाहमा सामूहिक नमाज पढेर आफ्नो पर्व मनाउन तल्लिन छन् ।

नेपालगन्जको विपिचोक र बेतहनीको जाफरपुर्वामा रहेको इदगाहमा इस्लाम धर्मावलम्बीहरुले मुलुकमा शान्ति अमनचैन माग गर्दै सामुहिक नामज पढेर एक अर्कासित अंगालो मार्दै मनाउन शुरु गरेका छन् । आज शनिबार विहान ७ बजे उनीहरुले इदगाह मस्जिदमा जम्मा भएर समुहिक नमाज पढेका थिए ।

यो पर्व तीन दिनसम्म शनिबारदेखि सोमबारसम्म मनाईने यो पर्व हज र कुर्वानी (वलि) गर्नुपर्ने प्रमुख विषेशता रहेको बकरईदमा ईस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वलि कुर्वानी दिने प्रचलन रहेको मुस्लिम धर्मगुरु जाफर रजाले बताउनु भयो ।

बाँकेमा बकरईदको लागि कुर्वानी (वली) दिन हजारबढी पशुहरु ल्याईएको छ । मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उटको कुर्वानी दिने चलन छ । कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको धर्म गुरु मिस्बाहिले जानकारी दिनु भयो ।

ईस्लामिक तारिक हिजरी संवत १४३५ जिलहिज्जा (महिना)को १० तारिकबाट शुरु हुने सो पर्व मनाउनको लागि शनिबार विहानैदेखि नेपालगन्जको वीपी चौकस्थित रहेको इदगाह र बेतहनीको जाफरपुर्वामा रहेको इदगाहमा आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो लागेको थियो । 

यसैगरि नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बक्रा ईद पर्वको शुभकामना दिदैं भन्नुभयो, सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार