मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मूर्ति चोरहरुले नेपाली जनताको भलो गर्न नसक्ने गुरुङको भनाई

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

बाँके । राप्रपाका महामन्त्री धवलशमशेर राणालाई प्रतिनिधिसभामा जिताएका बाँकेका एमाले नेताहरुले जनताले राजा ल्याउन नजिताएको स्मरण गराउँदै निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न सम्झाएका छन् ।

पछिल्लो निर्वाचनमा राणाले एमालेसँगको गठबन्धनमा बाँकेको क्षेत्र नं २ बाट जितेका थिए । अहिले उनी राजतन्त्र फर्काउने आन्दोलनमा लागेपछि उनलाई निर्वाचनमा जिताएका एमाले नेताहरुले जनताले राजा नचाहेको भन्दै आफ्नो निर्वाचनताका गरेको प्रतिबद्धतामा ध्यान दिन सुझाएका हुन् ।

राणासँगै सोही क्षेत्रबाट प्रदेशसभामा उम्मेदवार बनेका बाँके एमाले अध्यक्ष निरक गुरुङले राणालाई राजा ल्याउन आफूहरु र जनताले साथ नदिएको भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन् ।

राजतन्त्रका विषयमा कडा टिप्पणी गरेका गुरुङले मूर्ति चोरहरुले नेपाली जनताको भलो गर्न नसक्ने भन्दै लोकतन्त्रको विकल्प नभएको बताए ।

उनले राप्रपाका महामन्त्री धवलशमशेर राणालाई निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धताअनुसार मल कारखाना स्थापनाका लागि पहल गर्न अनुरोध गर्दै बाँकेवासीलाई राजा नभई मल कारखाना ल्याउन सन्देश पठाए ।

‘हामीले गरेको सहयोग, जनताले गरेको मतदान राजा ल्याउन थिएन, सदनमा तपाईंलाई विकासका काम बढाउन पठाएका थियौं, तपाईंले मल कारखाना ल्याउने प्रतिबद्धता गर्नुभएको थियो, तर राजा ल्याउने अभियानमा किन लाग्नुभयो ? चुनावी प्रतिबद्धतालाई ध्यान दिनुस्, जनताले, मतदाताले राजा ल्याउन तपाईंलाई जिताएका होइनन्, हेक्का रहोस् ।’

यही सन्देश दिन नेकपा एमाले बाँकेको आयोजनामा बुधबार नेपालगञ्जमा मोटरसाइकल र्‍याली गरिएको छ । एमाले बाँकेको पार्टी कार्यालयबाट सुरु भएको र्‍याली नगरका विभिन्न भागको परिक्रमापछि बीपी चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शान्ति ढकालले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको भन्दै भ्रममा नपर्न चेतावनी दिइन् । उनले केही स्वार्थी समूहहरुको भीडमा लागेर पुरानो र मृत अवस्थामा पुगेको व्यवस्था फर्काउने गलत बाटोमा नलाग्न सबैलाई सचेत बनाइन् । एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार