मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले मनायो तीज कार्यक्रम

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

नेपालगन्ज । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम मनाएको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो ।

'हरितालिका तीजको अवसर, उद्घोषण तालिमको बहार' भन्ने मूल नाराका साथ फाउन्डेसनले तीजको उपलक्ष्यमा नेतृत्व विकास सम्बन्धी दुई दिने उद्घोषण तालिमको आयोजना गरेर दिदीबहिनीहरुलाई उद्घोषण कला सम्बधी सीप र ज्ञान प्रदान गरेर मनाएको हो ।

फाउन्डेसनका अध्यक्ष तारा रोकायले तीजको अवसरमा दिदीबहिनी जम्मा पनि हुन पाइने सीप पनि सिक्न र सिकाउन पाइने भएको हुँदा उद्घोषण तालिमको आयोजना गरि तीज मनाइएको बताइन ।

सोमबारदेखि सञ्चालन गरिएको दुईदिने तालिमको मंगलबार समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुलप्रसाद केसी 'सोनाम'ले परम्परागत ढंगबाट होटल र पार्टीप्यालेसमा दिदीबहिनीहरु जम्मा भएर तडकभडक देखाएर नाचगान गरी मनाउने गरिएको तीज कार्यक्रम भन्दा अलग्गै तरिकाबाट सीपमूलक तरिकाले दिदीबहिनीहरुको क्षमता विकास र नेतृत्व विकासका लागि उद्घोषण कला तालिम प्रदान गरी नयाँ ढंगबाट तीज मनाएकोमा खुशी व्यक्त गरे ।

तालिममा सहभागी भएका ३२ जना दिदीबहिनीहरुलाई प्रमुख अतिथि सोनामले प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमको समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीका तर्फबाट कमला न्यौपाने र विष्णु बस्याल, लायन्स क्लब अफ इनोभेटिभका अध्यक्ष सुशीला चन्द, युरासिया रेयुकाई समाज विकास केन्द्रका प्रमुख एवं प्रशिक्षक सशी सिंह, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डा. डक्टप्रसाद धिताल र नेपालगन्ज उपमहानगरपालिका ४ का अध्यक्ष गोपाल पुनले शुभकामना व्यक्त गरेका थिए ।

फाउन्डेसनका सचिव शोभा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा रत्नकुमारी राईले स्वागत गरेकी थिइन् ।

२०७६ सालमा स्थापना गरिएको पूर्णतारा फाउन्डेसनले बाँकेमा वेसहारा वृद्ध वृद्वालाई आवश्यक खाद्यान्न, लत्ता कपडा लगायतको सहयोग र दर्जनौं अनाथ बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामाग्रीसहित पढाइमा सहयोगका साथै शिक्षा र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा रहेर सामाजिक कार्य गरिरहेको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार