मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिए, नर वहादुर विक हाजिर

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
१४ माघ २०८१, सोमबार

बाँके । बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् ।

एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु मो रजा राई ,चन्द्रिका प्रसाद गुप्ता ,राजकुमार कुर्मी कार्यपालिका सदस्यहरु राम अचल धोवी ,कान्ती कान्दु ,वडा सदस्यहरु र कर्मचारीहरुले विकलाई स्वागत गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीको सरुवा भएपछि उनको ठाउँमा नर वहादुर विक आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको पनि अहम् भूमिका हुने भएकाले जुनकुनै पार्टीबाट आएका जनप्रतिनिधी भएपनि प्रमुख प्रशासकीय अधिकृतले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकले पानीको तलाउमा पौडी खेल्न गयौँ भने हामीलाई पौडी खेल्न पनि मन लाग्ने र माछाले पनि टोक्छ भनी डराउने र माछासँग पनि झगडा गर्ने गरियो भने त्यस तलाउमा पौडी खेल्न सकिदैन उनले भने। त्यसकारण जनप्रतिनिधी भनेका राजनितिक तलाउका माछा हुन र हामी त्यही तलाउ भएकै ठाउँमा जागीर खान आएको बताउँदै जनप्रतिनिधी र कर्मचारीहरु बिच राम्रो सम्बन्ध भएमा मात्र पालिकालाई माथी उठाउन सकिने उनको भनाइ छ ।

त्यसैगरेर कार्यक्रममा कार्यवाहक समेत सम्हालेकी योजना शाखाकी प्रमुख शोभा पौडेलले प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विकको राय सल्लाह सुझाव अनुसार काम गर्ने बताईन ।

 स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले स्वागत गरेको उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा अध्यक्षहरु मो रजा राई ,चन्द्रिका प्रसाद गुप्ता ,राजकुमार कुर्मी कार्यपालिका सदस्यहरु रम आचल धोवी ,कान्ती कान्दु र वड सदस्यहरु ,विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको राजेन्द्र वाजपेयीले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार